२०८३ असार १० गते, बुधबार ०९:४८

श्रीसियाको दुर्गन्धित पीडा: वीरगन्जको अस्तित्वमाथि प्रश्नचिह्न

वीरगन्ज-

वीरगन्जको मुटुमा बगिरहेको श्रीसिया नदी आज जीवनदायिनी नभएर मृत्युको सन्देश बोकिरहेको छ। यो नदीको दूषित पानी र असह्य दुर्गन्धले वीरगन्जका बासिन्दाको जीवनलाई नरक बनाएको छ। राजनीतिक दलहरूको चुनावी नारा र भाषणको विषय बनेको श्रीसियाको समस्या समाधानको सट्टा झन् जटिल बन्दै गएको छ।

स्थानीय बासिन्दाका अनुसार, श्रीसिया नदीको प्रदूषण नियन्त्रण गर्ने जिम्मेवारी लिएका महानगरपालिका प्रमुख राजेश मान सिंह र सभासद बीना जैसवाल कुर्मी दुवैले यसलाई राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाएका छन्। नदीको दुर्गन्धले वरपरको एक किलोमिटर क्षेत्रलाई दुर्गन्धित बनाएको छ, जसले दम, खोकी र श्वासप्रश्वाससम्बन्धी रोगहरूको जोखिम बढाएको छ। तर, समस्या समाधानको लागि ठोस कदम चाल्नुको सट्टा उनीहरू एकअर्कालाई दोषारोपण गरिरहेका छन्।

महानगरपालिकाले उद्योगहरूलाई पानी प्रशोधन केन्द्र जडान गर्न चेतावनी दिए पनि कार्यान्वयन फितलो छ। १२२ मध्ये १४ उद्योगले अझै पनि नदीमा प्रदूषित पानी विसर्जन गरिरहेका छन्। त्यस्तै, शहरभित्रका घर र सार्वजनिक स्थानबाट निस्किने फोहोर पानी पनि नदीमा मिसिँदा प्रदूषण झन् बढेको छ। पाँच वर्षअघि निर्माण गरिएको पानी प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा समस्या अझ गम्भीर बनेको छ।

सभासद जैसवालले गत वर्ष छठ पूजासम्म नदी सफा गर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा हुन सकेन। स्थानीय बासिन्दाका अनुसार, उनीहरूले समस्या समाधानको लागि भाषण र ज्ञापनपत्र मात्र बुझाए, तर वास्तविक काम गरेनन्। स्थानीय बासिन्दाले अब भाषण र नारा नभई ठोस काम चाहिने बताएका छन्।

श्रीसिया नदीको प्रदूषणले स्थानीय बासिन्दाको मानव अधिकारको उल्लङ्घन भएको छ। स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारबाट उनीहरू वञ्चित भएका छन्। नदीको छेउमा घर बनाएर बस्नु उनीहरूको गल्ती होइन, तर उनीहरूले त्यसको सजाय भोगिरहेका छन्।

वीरगन्जको अस्तित्वसँग जोडिएको यो समस्या समाधानका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारले तत्काल ठोस कदम चाल्नुपर्छ। उद्योगहरूलाई पानी प्रशोधन केन्द्र जडान गर्न बाध्य पार्नुपर्छ, फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनुपर्छ र स्थानीय बासिन्दाको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। यदि यसो गरिएन भने, श्रीसिया नदी वीरगन्जको लागि अभिशाप बन्नेछ र यसले वीरगन्जको अस्तित्वलाई नै संकटमा पार्ने जानकारहरु बताउछन्।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस