२०८३ बैशाख २ गते, बुधबार ०८:३१

मधेश प्रदेशमा योजना बिक्रीको आरोप: कांग्रेसले छानबिन माग

पर्सा-

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका योजनाहरु दलाल मार्फत बिक्री भइरहेको आरोप लगाउँदै नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ। कांग्रेस संसदीय दलका नेता कृष्णकुमार यादवले योजनाहरु खरिद बिक्री भइरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण दिएका छन्।

मधेश प्रदेश सरकारको सर्वाधिक बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका योजनाहरु दलाल मार्फत बिक्री भइरहेको आरोप छ। मन्त्री सरोजकुमार यादवले विभिन्न दलाल मार्फत योजनाहरु बिक्री गराइरहेको र दलालहरुले १० प्रतिशत अग्रीम रकम लिएर कार्यादेश दिने गरेको बताइन्छ। यसले गर्दा वडाध्यक्षहरुले महोत्तरी जिल्ला पूर्वाधार विकास कार्यालयमा तालाबन्दी समेत गरेका छन्।

कांग्रेस संसदीय दलका नेता यादवले यस्ता विकृत क्रियाकलापहरुको साक्षी नबस्ने र राज्यकोषको दुरुपयोग रोक्न आवश्यक कदम चाल्न माग गरेका छन्। उनले सरकारलाई तत्काल सुधारका लागि चेतावनी दिँदै आवश्यक परेमा सम्वद्ध पक्षहरूसँग छलफल गरी उचित निर्णय लिने बताएका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस