गणेश शंकर /रक्सौल-
भारत-नेपाल सीमाको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले यस वर्षको होली पर्व सिमानामै मनाएका छन्। रक्सौल-वीरगन्ज सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४७औं बटालियन र नेपाली सशस्त्र प्रहरी बलका जवानहरूले संयुक्त रूपमा होली मनाएका हुन्।
घरपरिवारबाट टाढा रहेर देशको रक्षामा खटिएका यी सुरक्षाकर्मीहरूले सीमालाई नै आफ्नो घरपरिवार मानेर होली पर्व मनाएका हुन्। दुवै देशका सुरक्षाकर्मीहरूले एक-अर्कालाई रङ अबिर लगाएर, मिठाई बाँडेर शुभकामना आदानप्रदान गरेका थिए।
सुरक्षाकर्मीहरूले भने, “हामी बिहार-नेपालको ३९३ नम्बरको सीमा स्तम्भमा तैनाथ छौं। यही हाम्रो घर र परिवार हो। हामी दुवै देशका सुरक्षाकर्मीहरू मिलेर हरेक चाडपर्व मनाउँछौं, जसले गर्दा हामीलाई घरको याद आउँदैन।”
Post Views: 17