२०८२ असार १७ गते, मंगलवार १७:०१

वीरगन्ज –

वीरगन्जमा आगामी चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्षभन्दा यस वर्ष परीक्षार्थीको सङ्ख्या बढेको छ। शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार यस वर्ष ११ हजार ४१३ जना विद्यार्थीले एसईई परीक्षा दिनेछन्, जुन गत वर्षको तुलनामा एक हजार ३४५ जनाले बढी हो।

एकाइ प्रमुख हरि राउतले दिएको जानकारीअनुसार यस वर्ष नियमिततर्फ ९ हजार ७४७, प्राविधिक धारतर्फ ४३६ र ग्रेडवृद्धितर्फ एक हजार २३० जना परीक्षार्थी सहभागी हुनेछन्। साधारणतर्फका विद्यार्थीले ७ विषय र प्राविधिक धारका विद्यार्थीले ९ विषयको परीक्षा दिनेछन्।

विद्यार्थीहरूको सहजताका लागि जिल्लाभर २९ वटा परीक्षा केन्द्र तोकिएको छ। जसमध्ये वीरगन्ज महानगरभित्र १७ वटा र महानगर बाहिर १२ वटा केन्द्र रहेका छन्।

शिक्षामा किशोरीहरूको पहुँच बढ्नु, निःशुल्क शिक्षा, दिवा खाजाको व्यवस्था, सचेतनालगायतका कारणले एसईई परीक्षा दिने परीक्षार्थीको सङ्ख्या वर्षेनी बढ्दै गएको राउतले बताए।

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस