२०८३ आश्विन १७ गते, शनिबार २२:४०

धनुषामा बस दुर्घटना, ३० भन्दा बढी यात्रु घाइते

धनुषा –

धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जनकपुरबाट राजविराजतर्फ गइरहेको ना ४ ख १४४१ नम्बरको बस शुक्रबार बिहान ९ बजे दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिएका छन् । हालसम्म घाइतेहरूको विवरण सङ्कलन भइरहेको र घटनामा करिब ६ जनालाई गम्भीर चोटपटक लागेको उनले बताए ।

प्रहरी निरीक्षक यादवका अनुसार अन्यलाई सामान्य चोटपटक लागेको छ । घाइतेहरूको उपचार ढल्केवरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

प्रारम्भिक जानकारीअनुसार बसको ब्रेक जाम भएर दुर्घटना भएको खुल्न आएको प्रहरी निरीक्षक यादवले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस