२०८२ असार १८ गते, बुधबार ००:३३

काठमाडौं-

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको बताउनुभएको हो । उहाँले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नको लागि प्रतिष्पर्धा गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले कर्मचारीहरुले कानून र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी समेत दिनुभयो । उहाँले मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत सबैको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले सरकारले स्न २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यत्तिल विद्युत खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पु¥याउने लक्ष्यसहित काम गरिरहेको बताउनु भयो । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पु¥याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उहाँको भनाइ छ ।

उहाँहरुले गरिव र विपन्न वर्गले महसुल तिर्न नसकेकै कारण विद्युतको पहुँचबाट वञ्चित हुन नपरोस् भन्नको लागि प्रतिमहिना ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस