२०८३ आश्विन ५ गते, सोमबार ०९:४१

ठाकुरराम क्याम्पस स्ववियु सभापतिमा नेविसंघका बागी राजकुमार यादव विजयी

विरगन्ज-

ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्। आज दिउँसो सम्पन्न मतगणनाको नतिजाअनुसार, यादवले १,११५ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विकास मण्डल धानुकले ६५३ मत पाए भने समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादवले ५६२ मत, सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४५० मत र अनेरास्ववियुका पवन यादवले ३८६ मत प्राप्त गरे। सभापति पदमा १४ जना प्रतिस्पर्धी थिए।

नेविसंघले उम्मेदवार नबनाएपछि यादवले नेपाल विद्यार्थी समूहबाट प्यानल बनाएर चुनाव लडेका थिए। स्ववियु सचिवमा उनकै प्यानलकी मन्दिरा चौधरी ६७२ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी समाजवादीका दिपक पटेलले ५९९ र नेविसंघका रोहित सिंहले ५४३ मत पाए।

यस्तै, कोषाध्यक्षमा यादव प्यानलकै अंकित पटेल ८२२ मतसहित विजयी भए भने नेविसंघका दिपक पटेलले ६९० मत ल्याए।

१६ वर्षपछि चैत ५ मा भएको निर्वाचनमा कुल १०,७२९ मतमध्ये ४,२९९ मत खसेको थियो।

प्रतिक्रिया

अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत 

काठमाडौं – भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको

अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत 

काठमाडौं – भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको

पोडकास्ट सुन्नुहोस