२०८३ श्रावण २१ गते, बिहीबार ०४:४४

पर्सा कांग्रेसको आन्तरिक कलहले नेविसंघ पराजित- कञ्चन झा

वीरगन्ज-

पर्साका ठाकुरराम क्याम्पस र वीरगन्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को पराजयले नेपाली कांग्रेस पर्साभित्र गम्भीर बहस सुरु भएको छ। नेपाली कांग्रेसका नेता कञ्चन झाले यस पराजयलाई प्राविधिक रूपमा नेविसंघको हार भए पनि यथार्थमा नेपाली कांग्रेस पर्साको हार भएको टिप्पणी गरेका छन्।

उनका अनुसार, उम्मेदवार चयनदेखि चुनावी रणनीति बनाउनेसम्मका सबै कामको जिम्मा पार्टीभित्रका केही “पेटी ठेकेदारहरू” लाई दिइएको कारण यो परिणाम आएको हो। संगठनको सामर्थ्य बुझेका र विद्यार्थी राजनीतिको वस्तुस्थिति जानेका युवा-विद्यार्थीहरूलाई पाखा लगाएर पार्टीका केही सीमित व्यक्तिहरूले आफ्नो मनोमानी ढंगले काम गरेकाले यो स्थिति उत्पन्न भएको उनको भनाई छ।

ठाकुरराम क्याम्पसमा नेविसंघकै आधा दर्जन सदस्यहरूले फरक समूह वा स्वतन्त्र उम्मेदवारी दिएबाटै पार्टीभित्रको आन्तरिक कलह प्रष्ट भएको छ। यसले गर्दा नेविसंघ कमजोर बनेको र अन्ततः पराजित हुन पुगेको हो।

कञ्चन झाले भने, “पहिले जे हुनु नहुने थियो त्यही भयो र पछि जे हुनु थियो त्यही भयो। अर्थात्, कतै चुनावी रणनीतिमा त कतै उम्मेदवार चयनमा चुक भयो, नेपाली कांग्रेस पर्साको हार भयो, नेविसंघबाटै विद्रोह गरेका राजकुमार ठाकुररामको स्ववियु नेतृत्वमा विजयी भए। नर्सिङ क्याम्पसको नेतृत्व पनि नेविसंघको हातबाट गुम्यो।”

उनले पर्सा कांग्रेसलाई स्ववियुमा भएको आफ्नो हारको समीक्षा गर्न आग्रह गरेका छन्। यस घटनाले पार्टीभित्रको आन्तरिक विवाद र गुटबन्दीलाई सतहमा ल्याएको छ, जसले आगामी दिनमा पार्टीको संगठनमा गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस