२०८३ बैशाख २ गते, बुधबार ०५:४४

टर्किएमा होटलमा आगलागी हुँदा च्याम्पियन स्कीयरसहित चार जनाको मृत्यु

काठमाडौँ-

उत्तरपश्चिम टर्किएमा रहेको बन्द स्कीयर होटलमा आगलागी हुँदा बिहीवार एक च्याम्पियन स्कीयर र उनका प्रशिक्षक बुबासहित चार जनाको मृत्यु भएको छ । देशमा स्की रिसोर्टमा भएको ठूलो आगलागीमा ७८ जनाको मृत्यु भएको दुई महिनापछि यो घटना भएको हो ।

बुर्सा गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार बुर्सा प्रान्तको उलुदाग स्की रिसोर्टमा भएको उक्त घटनामा टर्किस स्की एण्ड स्नोबोर्ड इन्स्ट्रक्टर्स एसोसिएसनका अध्यक्ष याह्या उस्ता, उनका २४ वर्षीय छोरा बर्किन उस्ता, एक राष्ट्रिय स्कीयर तथा विश्व अल्पाइन च्याम्पियन र होटलका दुई कर्मचारीको मृत्यु भएको छ ।

कार्यालयले आगलागी हुँदा १२ जना कर्मचारी होटल भित्र रहेको र एक जनाको अवस्था गम्भीर रहेको बताएको छ । टर्किस स्की फेडरेशनले शोक सन्देश जारी गर्दै याह्या उस्ताकी श्रीमती घाइते भएको बताएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस