२०८३ श्रावण २१ गते, बिहीबार ०३:५५

राजावादी प्रदर्शन उग्र बन्दा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं –

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बन्दै गएपछि नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी भएको छ। शुक्रबार आलोकनगरमा रहेको उक्त पार्टी कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरी फर्निचर, कागजपत्रलगायतका सामग्री बाहिर ल्याएर जलाइदिएका छन्।

प्रदर्शनकारीहरूले कार्यालयमा ढुंगामुढा प्रहार गर्नुका साथै भित्र रहेका सामानहरू नष्ट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। तीनकुने क्षेत्रमा राजसंस्था पुनस्थापनाको माग गर्दै सुरु भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आसपासका क्षेत्रमा समेत तनाव बढेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको भए पनि प्रदर्शनकारीको आक्रोश मत्थर भएको छैन। घटनाको थप विवरण र क्षतिको पूर्ण आँकडा आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस