२०८२ असार १७ गते, मंगलवार १०:३६

काठमाडौं–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गण्तन्त्रवादीहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरु टाउको उठाउने दुःशाहस गरेको भन्दै आत्मआलोचना गर्नुभएको छ। 

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौं गरेको आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दालालले जनचाहानाअनुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्वहरु सक्रिय भएको भन्दै आत्मआलोचना र आत्मसमिक्षा गर्नुभयो ।

उहाँले विगतका गल्तीबाट पाठ सिक्दै जनता, शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते र बेपत्ता पारिएका परिवारका सपना पूरा गर्ने भन्दै अर्को क्रान्तीको घोषणा गर्नुभयो । उहाँले गणतन्त्रमा गरेका कमजोरीहरुलाई सच्याउँदै लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा ढाल्नको लागि नयाँ आन्दोलन एवं क्रान्तीको आवश्यक रहेको बताउनु भयो ।

उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विगतमा धेरै गल्ती गरिसकेकाले फेरि अर्को गल्ती नगर्न चेतावनी दिनुभयो । नेपाललाई २४० वर्षसम्म संसारको सबैभन्दा गरिब देश बनाउनेहरुलाई नेपाली जनताले छुट नदिने समेत उहाँको दाबी छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस