२०८३ बैशाख २ गते, बुधबार ०१:०८

बारामा फिरौती माग्ने व्यक्ति पक्राउ

बारा-

जिल्ला प्रहरी कार्यालय, बाराले कलैया उप-महानगरपालिका वडा नं. ५ घुसुकपुर बस्ने प्रेमलाल पाण्डेयको छोरा डा. बिकेश कुमार पाण्डेयलाई धम्की दिई फिरौती माग्ने व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत चैत २ गतेदेखि पाण्डेयलाई अज्ञात व्यक्तिले पटक पटक फोन गरी धम्क्याउने र उनको ऐ. प्लस हस्पिटलमा बम राखिएको छ भन्दै रु. २०लाख  नगद फिरौती माग गरेको थियो।

यस सम्बन्धमा जानकारी प्राप्त भएपछि, जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा, धम्क्याउने र फिरौती माग्ने कार्यमा संलग्न रहेको बारा जिल्ला, कलैया उप-महानगरपालिका वडा नं. ५ घुसुकपुरमा बस्ने भृगुनाथ मिश्रको छोरा वर्ष ४८ को मदन मिश्रलाई सीमावर्ती विहार राज्य मोतिहारी प्रहरीको सहयोगमा जिल्ला बारा, कलैया उप-महानगरपालिका वडा नं. १० शिवपुर चिउटाहाबाट  चैत्र १५ गते पक्राउ गरिएको छ।

प्रहरीले पक्राउ परेका मिश्रमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाको जानकारी दिएको हो। विज्ञप्तिमा प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. विजयराज पण्डितले घटनाबारे जानकारी गराएका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस