२०८२ असार १७ गते, मंगलवार १०:५०

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार साँझ राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ गरिएको राप्रपाका प्रवक्ता सगुन लावतीले पुष्टि गरेका छन् ।

प्रवक्ता लावतीका अनुसार बीएण्डबी अस्पतालबाट बिरामी भेटेर फर्किँदै गर्दा प्रहरीले उनीहरूलाई ‘केही बुझ्नुपर्ने’ भन्दै पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको बताइएको छ । हाल उनीहरूलाई टेकुस्थित कार्यालयमा राखिएको छ ।

शुक्रबार दिउँसो राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाले ज्यान गुमाएका थिए भने व्यापक तोडफोडका घटना भएका थिए। उक्त प्रदर्शनमा मिश्र र राणासहित राप्रपाका अन्य नेताहरूको पनि सहभागिता रहेको थियो । दुर्गा प्रसाईं मुख्य आयोजक रहेको उक्त कार्यक्रममा राजावादी समूहहरूको संयुक्त मोर्चा पनि सहभागी थियो ।

पक्राउ परेका राप्रपाका दुवै नेतालाई हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस