२०८२ श्रावण ३० गते, शुक्रबार ०६:५६

काठमान्डौं-

म्यानमारको सागाइङबाट १६ किलोमिटर उत्तर–पश्चिममा शुक्रवार ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

१०.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा २२.०१ डिग्री उत्तर अक्षांश र ९५.९२ डिग्री पूर्वी देशान्तरमा रहेको अनुमान गरिएको छ । यङ्गुनमा भूकम्पको धक्का तिब्र रूपमा महशुस गरिएको थियो । उक्त केही भवनहरू भत्किएका छन् र मण्डले र याङ्गुन बीचका धेरै सडकहरू क्षतिग्रस्त भएको संकेत गरेका छन् ।

स्थानीय मिडिया आउटलेट खित थिटकाअनुसार मण्डलेमा एउटा मस्जिद भत्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । ने पि तावको राजधानीमा केही विद्यालय र कार्यालय भवनहरू पनि भत्किएको रिपोर्ट गरिएको छ । म्यानमारको राष्ट्रिय विपद् व्यवस्थापन समितिले छ वटा क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस