२०८३ श्रावण २१ गते, बिहीबार ०५:१५

कुलमानको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेशी

काठमाडौं-

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा दायर रिट सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्ग सुवेदीको इजलासमा पेशी तोकिएको छ। उक्त रिटको सुनुवाइ आज सर्वोच्च अदालतको आठौँ नम्बर इजलासमा हुनेछ।

यसअघि, गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका सम्बन्धित निकायलाई आवश्यक कागजातसहित स्पष्ट लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले सरकारको निर्णय अन्यायपूर्ण रहेको जिकिर गर्दै न्यायिक पुनरावलोकनको माग गरेका छन्।

सरकारका तर्फबाट पेस हुने लिखित जवाफपछि मुद्दाले नयाँ मोड लिन सक्ने देखिएको छ। सर्वोच्चको आगामी आदेशले विद्युत् प्राधिकरणको नेतृत्वबारे थप कानुनी र नीतिगत बहस उत्पन्न गर्नेछ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस