२०८३ श्रावण २१ गते, बिहीबार ०५:१५

डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले पाएको छैनः मन्त्री भट्टराई

काठमाडौं-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। केशरजंग बरालले किन राजीनामा दिनुभएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताउनुभएको हो । आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताउनु भयो ।

उहाँले शनिवार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गर्नुभयो । किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिवद्धता जनाउनु भयो ।

उपकुलपति प्रा.डा. बरालले शनिवार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिनुभएको थियो । उहाँले बिरामीको कारण देखाउँदै राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस