२०८३ असार ३ गते, बुधबार १७:४८

प्रतिपक्षको बिरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं-

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठेर बिरोध जनाएपछि १५ मिनेटका लागि स्थगित गरिएको हो । बैठकको कारबाही अघि बढाउन लाग्दा सांसदहरुले उठेर बिरोध जनाएपछि सभामुख देवराज घिमिरेले बसेर संसदको कारबाही अघि बढाउन आग्रह गर्नुभयो ।

तर प्रमुख प्रतिपक्ष दल नेकपा  (माओवादी केन्द्र), प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ९एकीकृत समाजवादी० लगायतका प्रतिपक्षी दलहरुले उठेर बिरोध जनाए । सभामुख घिमिरेले चैत्र १३ गतेदेखि प्रतिनिधि सभाको बैठक अवरोध भइरहेको भन्दै बिरोध नजनाइ संसद सुचारु गर्न आग्रह गर्नुभयो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसद अवरोध गरिरहेको र मागअनुसार प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्ने रहेको बताउनु भयो । सभालाई सुचारु गर्न र माग पूरा गर्न आफूहरुले निरन्तर प्रयास गरेको र १८ गतेको बैठकमा प्रधानमन्त्रीले जवाफ दिनुहुने सहमति जुटेको भन्दै सभा सञ्चालनका लागि आग्रह गर्नुभयो ।

बैठकमा प्रतिपक्ष दलहरुले उठेर बिरोध जनाइरहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया

पत्रकारका अधिकार सुनिश्चित गर्न महासंघको दबाब, कार्यवाहक नगरप्रमुखलाई पाँचबुँदे मागपत्र

वीरगन्ज– सञ्चारकर्मीहरूको लोककल्याणकारी विज्ञापनसम्बन्धी समस्यालाई सम्बोधन गर्न माग गर्दै आज

पत्रकारका अधिकार सुनिश्चित गर्न महासंघको दबाब, कार्यवाहक नगरप्रमुखलाई पाँचबुँदे मागपत्र

वीरगन्ज– सञ्चारकर्मीहरूको लोककल्याणकारी विज्ञापनसम्बन्धी समस्यालाई सम्बोधन गर्न माग गर्दै आज

पोडकास्ट सुन्नुहोस