२०८३ बैशाख २ गते, बुधबार ०३:१४

वीरगन्जमा राजावादीहरूको मसाल जुलुस : राप्रपा नेताहरूको रिहाइको माग

वीरगन्ज-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबराको रिहाइको माग गर्दै आइतबार राजावादीहरूले मसाल जुलुस प्रदर्शन गरेका छन्। “राजा आऊ देश बचाउ”, “हाम्रो राजा प्राणभन्दा प्यारो छ”, “पक्राउ परेका नेताहरूलाई रिहाइ गर” जस्ता नारा लगाउँदै राजावादीहरूले वीरगन्जको पानमंडिबाट सुरु गरेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले मसाल खोस्ने र निभाउने प्रयास गरेको  थियो ।

मसाल जुलुसपछि राजावादीहरूले घण्टाघरमा पुगेर कोणसभा आयोजना गरे। कोणसभामा बोल्दै राप्रपा नेता जलेश्वर सर्राफले आफ्ना नेताहरूलाई सरकारले तत्काल रिहा नगरे आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिए। उनले वर्तमान “निरङ्कुश तन्त्र” ले जनतालाई कुनै राहत नदिएको र जनताले परिवर्तन खोजिरहेको बेला राज्यले सड्यन्त्रकारी तरिकाले राजावादी आन्दोलनलाई बदनाम गर्न खोजेको आरोप लगाए।

मसाल जुलुसमा विभिन्न राजावादी सङ्गठनका नेता र कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीय प्रहरीले पनि मसाल जुलुसलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा तयारी गरेको देखिएको थियो। जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनावको स्थिति सिर्जना भएको भए पनि ठूलो झडप भने नभएको प्रहरी  जनाएको छ।

यो प्रदर्शनले राप्रपाले आफ्ना पक्राउ परेका नेताहरूको रिहाइका लागि देशव्यापी दबाब बढाउने रणनीति अख्तियार गरेको सङ्केत गरेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस