पर्सा-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा जिल्ला कार्य समितिले एक प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्ति अनुसार, पार्टीले देशको वर्तमान भ्रष्ट र कमजोर अवस्थालाई सुधार गर्न सक्रिय रूपमा आन्दोलन गरिरहेको छ। यसै सन्दर्भमा, पार्टीले कुनै पनि व्यक्ति, व्यापारी वा संघसंस्थाबाट चन्दा वा आर्थिक सहयोग सङ्कलन नगर्ने स्पष्ट पारेको छ।
विज्ञप्तिमा, यदि कसैले राप्रपाको नाममा चन्दा सङ्कलन गरिरहेको पाइएमा, त्यस्ता व्यक्तिहरूबाट सतर्क रहन र पार्टीलाई जानकारी गराउन जिल्ला कार्य समिति पर्साका सचिव पनालाल पटेल द्धारा जारी गरिएको विज्ञप्तिमा अनुरोध गरिएको छ। राप्रपाले आफ्नो आन्दोलनमा सहभागी भई सफल बनाउन सबैलाई हार्दिक आग्रह गरेको छ।
