२०८२ असार १७ गते, मंगलवार २०:४६

वीरगन्ज –

६८औं सहकारी दिवसको अवसरमा कोअपरेटिभ म्यानेजर क्लब पर्साको आयोजनामा वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पताल र बाल आश्रममा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ।

नारायणी क्षेत्रीय अस्पतालमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको नेतृत्वमा बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो। कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, संस्थापक अध्यक्ष जिष्णु बराल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दास, डा. श्रुति शाह, क्लबका उपाध्यक्ष रामबाबु चौधरी, महासचिव दीपक चौधरी, सचिव प्रदीप कुमार लोहार, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख संजय कुमार महतो तथा सञ्चालक सदस्यहरूको उपस्थिति रहेको थियो।

यसैगरी, सहकारी दिवसको अवसरमा क्लबले बाल आश्रममा पनि फलफूल वितरण गरेको छ। क्लबका पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागितामा दुवै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन्।

अध्यक्ष रविभूषण श्रीवास्तवले सहकारी दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको बताए। उनले भने, “हाम्रो उद्देश्य सहकारीको मूल्य र मान्यतालाई आत्मसात् गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउनु हो।”

कार्यक्रममा सहभागी अस्पतालका मेसु चुमनलाल दासले क्लबको यो पहलको प्रशंसा गर्दै बिरामी र बालबालिकाहरूको स्वास्थ्य तथा मनोबल बढाउन यस्ता कार्यले महत्वपूर्ण भूमिका खेल्ने बताए। सहकारी दिवसको अवसरमा आयोजित यो कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस