२०८३ बैशाख २ गते, बुधबार ०३:०७

 पत्रकार सुरेश रजकको पोस्टमार्टम सम्पन्न, आगोमा जलेर मृत्यु भएको पुष्टि

काठमाडौं –

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा आगोमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक चिकित्सकले रजकको मृत्यु आगोमा जलेर भएको पुष्टि गरेका छन्।

फोरेन्सिक चिकित्सकका अनुसार, रजकको शरीरमा गोली लागेको कुनै प्रमाण फेला परेन। पोस्टमार्टम रिपोर्टले उनको श्वासप्रश्वास नलीमा धुवाँको मुस्लो गएको र उनी जीवित अवस्थामै आगोमा परेको देखाएको छ। यो निष्कर्षले उनको मृत्यु जलेरै भएको पुष्टि गरेको छ।

रजकको शवको एक्स–रे रिपोर्ट प्राप्त भएपछि पोस्टमार्टम गरिएको थियो। हाल शव परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएको यो घटनाले व्यापक चर्चा पाएको थियो। पोस्टमार्टम रिपोर्टले घटनाको कारण स्पष्ट भएसँगै प्रहरीले थप अनुसन्धान अघि बढाउने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस