२०८२ असार १७ गते, मंगलवार २३:२०

काठमाडौं–

मधेस केन्द्रित सातवटा राजनीतिक दलहरू एकजुट भएर ‘संघीय लोकतान्त्रिक मधेसी मोर्चा’ गठन गर्ने भएका छन्। यो मोर्चाको औपचारिक घोषणा आज सातै दलका शीर्ष नेताहरूको उपस्थितिमा हुने तय भएको छ।

यसअघि आठ दल सम्मिलित मोर्चा बनाउने तयारी भए पनि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सहभागी नहुने भएपछि मोर्चा सात दलमा सीमित भएको हो।

मोर्चामा जनता समाजवादी पार्टी नेपाल (जसपा) को नेतृत्व उपेन्द्र यादवले गर्नेछन् भने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को नेतृत्व महन्थ ठाकुरले सम्हाल्नेछन्। त्यस्तै, जनमत पार्टीको नेतृत्व डा. सीके राउतले र राष्ट्रिय मुक्ति पार्टी नेपालको नेतृत्व राजेन्द्र महतोले गर्नेछन्। जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरी र तराई मधेस लोकतान्त्रिक पार्टीका वृशेषचन्द्र लाल पनि यो मोर्चामा सहभागी हुनेछन्।

यद्यपि, अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीको सहभागिता भने अन्योलमा रहेको स्रोतहरूले बताएका छन्। लोसपाका एक नेताले भने, “अहिलेसम्म नागरिक उन्मुक्ति पार्टीको नाम छ, तर घोषणा हुने बेलासम्म रहन्छ कि रहँदैन, निश्चित छैन।”
मोर्चाले आलोपालो नेतृत्वको अवधारणा अपनाउने निर्णय गरेको छ। पहिलो चरणमा जसपा अध्यक्ष उपेन्द्र यादवले नेतृत्व सम्हाल्ने छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस