२०८३ कार्तिक २२ गते, आईतवार १:०७

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं – 

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनुभएको छ ।

शनिवार थाइल्याण्डको ५ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्री ओली चैत्र १९ गते बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गर्नुभएको थियो । शुक्रवार बिमस्टेक सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेसँगै आज स्वदेश फर्किनुभएको हो ।

थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रा, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका प्रधानमन्त्री डा हरिनी अमरासुरियासँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

पोडकास्ट सुन्नुहोस