२०८३ बैशाख १ गते, मंगलवार १८:५२

 बारामा ११.६८ किलो चरेससहित एक जना पक्राउ

बारा –

जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ मा पल्सर मोटरसाइकलमा लागूऔषध चरेस बोकेर आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले ठूलो मात्रामा चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमान्डमा खटिएको टोलीले हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा ४८ प ९३३ नम्बरको मोटरसाइकललाई फलोअप गरी नियन्त्रणमा लिएको थियो । मोटरसाइकलको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा चरेसजस्तो देखिने पदार्थको पोका फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थलाई नेपाल सरकारद्वारा मान्यताप्राप्त डिजिटल तराजुमा प्लास्टिकसहित तौल गर्दा ११.६८ किलोग्राम रहेको पुष्टि भएको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला, थाहा नगरपालिका वडा नं. ६, ब्रर्जबारे बस्ने ३८ वर्षीय दशरथ थिङ रहेका छन् । उनलाई लागूऔषध चरेसजस्तो देखिने पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाराले आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

यो घटनाले क्षेत्रमा लागूऔषध ओसारपसारविरुद्ध प्रहरीको सक्रियता र कडा निगरानी रहेको देखाएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस