२०८२ असार १७ गते, मंगलवार १६:२८

जनकपुरधाम-

मधेस प्रदेश– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै सुशासनलाई लोकतन्त्रको मुख्य आधार भएको बताएका छन्। उनले जनताले सुशासनको अनुभव गर्न नसके लोकतन्त्रको कुनै अर्थ नरहने धारणा व्यक्त गरे।

भ्रष्टाचार र कमिसनखोरीलाई नियन्त्रण गर्न नसके लोकतन्त्र फस्टाउन नसक्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार र कमिसनखोरी नियन्त्रण गर्न सकिएन भने लोकतन्त्र बलियो हुन सक्दैन। जनताको दिमागमा भ्रष्टाचारले जरा गाड्यो भने लोकतन्त्र मजबुत रहन सक्दैन।” उनले जनप्रतिनिधिहरूलाई सुशासन कायम गर्न गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए।

मधेस प्रदेशको नारा “फिड द नेसन” को प्रशंसा गर्दै उनले भने, “मधेसले आफूलाई मात्र खुवाउने होइन, देशलाई खुवाउने नारा अघि सारेको छ, जुन देशको हितमा छ।” यो नाराले प्रदेशको महत्वाकांक्षा र राष्ट्रिय विकासमा योगदानको प्रतिबिम्ब झल्काउने उनको भनाइ थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस