२०८३ बैशाख २ गते, बुधबार ०३:२६

प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन: सुनकोशी-कमला मरिन डाइभर्सनबाट मधेसका खेत हरियाली बनाउने योजना

जनकपुरधाम  –

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै पहाडमा बाँध बाँधेर मधेसका खेतलाई उर्वर बनाउन सुनकोशी-कमला मरिन डाइभर्सन योजना सुरु गर्न लागिएको बताएका छन्। उनले यो योजनाले मधेसको कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

केही व्यक्तिहरूले मधेस र पहाडबीच विभेद फैलाएको उल्लेख गर्दै उनले भने, “हामीले यो विभेदलाई होइन, विविधतालाई उपयोग गरेर देखाएका छौँ। पहाडमा बाँध बनाएर मधेसका खेत सिञ्चित गर्ने योजना हाम्रो प्राथमिकतामा छ।” उनले विविधता र सामूहिकतामा मात्रै मुलुकको विकास सम्भव हुने बताउँदै “हामीले मात्र पाउनुपर्छ भन्ने संकीर्ण मानसिकताले देश अगाडि बढ्न सक्दैन” भनेर जोड दिए।

प्रधानमन्त्री ओलीले सुनकोशी-कमला मरिन डाइभर्सनको ‘ब्रेक थ्रू’ भएको एक वर्ष पूरा भएको जानकारी दिँदै सिँचाइ सुचारु हुन नसक्नुको कारण बाँध निर्माणमा ढिलाइ भएको बताए। “बाँध निर्माणको काम सम्पन्न भएपछि मधेसका खेत हरियाली बन्नेछन्,” उनले भने, “यो योजना मधेस र पहाडको सहकार्यको एउटा उदाहरण बन्नेछ।”

यो योजना पूरा भएसँगै मधेस प्रदेशको कृषि उत्पादनमा वृद्धि हुने र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस