२०८२ असार १७ गते, मंगलवार १९:३९

काठमाडौँ –

‘जय राष्ट्रवाद’को नारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा सुरु गरेको छ। सभाको सुरुवातमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन्।

कार्यक्रममा पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपाका नेता–कार्यकर्ताहरू ठूलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित भएका छन्। गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेको घटनालाई मध्यनजर गर्दै बल्खु आसपासको क्षेत्रमा प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

राप्रपाले यो सभामार्फत आफ्ना एजेन्डालाई जनतामाझ पुर्‍याउने र राष्ट्रवादी भावनालाई उजागर गर्ने उद्देश्य राखेको देखिन्छ। सभाले काठमाडौँको राजनीतिक माहोललाई थप तताउने अनुमान गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस