२०८३ श्रावण २० गते, बुधबार २२:०२

 प्रधानमन्त्री ओलीको गुनासो: रेलको कुरामा मजाक उडाउनेलाई टिकट काटेरै जनकपुर पुर्‍याएँ

जनकपुरधाम –

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले रेल सञ्चालनको कुरा गर्दा मजाक उडाइएको गुनासो गर्दै आफ्नो प्रतिबद्धता पूरा भएको बताएका छन्। मंगलबार मधेस प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले जनकपुरमा रेल सञ्चालनमा ल्याएर आफूले बोलेको कुरा प्रमाणित गरेको दाबी गरे।

‘मैले रेलको कुरा गर्दा मजाक उडाए, म आफू टिकट काटेर चढ्छु र विरोध गर्नेलाई पैसा तिरेर भए पनि कुदाइदिन्छु भनेको थिएँ, तर कोही आएन,’ ओलीले भने, ‘आत्मविश्वास छैन भने केही गर्न सकिँदैन, गर्न खोजे सकिन्छ।’ उनले आफूले टिकट काटेर जनकपुरमा रेल चढेको र विरोधीहरूलाई समेत निःशुल्क चढाउने प्रस्ताव राखेको तर उनीहरू नआएको भन्दै व्यंग्य गरे।

प्रधानमन्त्री ओलीले यो उदाहरणमार्फत इच्छाशक्ति र दृढताले ठूला काम सम्भव हुने सन्देश दिएका छन्। उनको यो भनाइले मधेसमा रेल सञ्चालनको सफलतालाई थप उजागर गरेको छ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस