२०८२ असार १७ गते, मंगलवार १६:५५

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरबका आयोजनाहरुको पुनरावलोकन गरि चालु परियोजनालाई आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न गरिने बताउनुभएको छ ।

प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको यस अवधिभित्र सम्पन्न हुनेगरी वर्गीकरण गरेर निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति नयाँ भएको जानकारी दिनुभयो । उहाँले निर्माणधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटीपूर्ण परियोजना खारेज गर्ने नीतिपनि नयाँ भएको जानकारी दिनुभयो । उहाँले ‘जे आउँछ मजाले पचाउँछ’ भनेझैं जे छ त्यसैमा रम्ने सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रश्ताव गरिएकोसमेत जानकारी दिनुभयो ।

उहाँले मुलुकमा जनअपेक्षा अनुरुपको प्रणाली स्थापना भइसकेकोले अनिर्वाचित, परिवार र वंशमा आधारित सामन्ती व्यवस्था मुलुकको अग्रगतिका लागि तयारो भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले इतिहासको रच्छ्यानमा फालिएको सामन्ती प्रथा व्यँुताउने मात्र नभई तिथि मिति नै तोकेर सिंहासनमा विराजमान गराउने र श्रीपेच ढल्काउनेजस्ता भ्रम फिँजाई संविधान तथा व्यवस्थाका विरुद्ध हिंस्रक एवं अराजक गतिविधि शुरु गरिएको बताउनु भयो ।

उहाँले स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न प्रयोग गर्ने, स्नातक तहभन्दा माथिका विद्यार्थीहरुलाई विभिन्न अनुसन्धानमा आवद्ध गर्ने, हप्तामा बढीमा २० घण्टा कामको न्युनतम ज्याला निश्चित गरी कमाउँदै पढ्दैको नीति लागू गरिने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस