२०८२ असार १७ गते, मंगलवार १०:१७

काठमाण्डौ-

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले इस्तानबुलमा हुने आगामी शान्ति वार्तामा रूससँगको द्वन्द्व अन्त्य गर्ने प्रतिवद्धताका साथ भाग लिने बताउनुभएको छ । यद्यपि उनी व्यक्तिगत रूपमा वार्ताको टेबलमा उपस्थित हुने छैनन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँगको वार्तापछि अंकारामा रहेको युक्रेनी दुतावासमा जेलेन्स्कीले पत्रकारहरूलाई युक्रेनले इस्तानबुलमा एक प्रतिनिधिमण्डल पठाउने बताउनु भयो । जेलेन्स्कीले युक्रेन वार्तामा प्रतिवद्ध रहेको तर मस्कोको मनसायमाथि शंका व्यक्त गरेको बताउनु भयो ।

युक्रेन र रुसबीच अन्तिम प्रत्यक्ष वार्ता मार्च २०२२ मा इस्तानबुलमा भएको थियो । जहाँ दुई पक्ष लडाई रोक्न सहमत हुन सकेनन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस