२०८२ असार १७ गते, मंगलवार ००:१७

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा अनपेक्षित घटना भएको बताएका छन्। ५० दिनको प्रहरी हिरासतपछि सर्वोच्च अदालतको आदेशमा हाजिरीजमानीमा शुक्रबार रिहा भएका मिश्रले आफूले सङ्गठित अपराध वा आपराधिक उपद्रव नगरेको जिकिर गरे।

“चैत १५ मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्छु। यो कसैको नियोजित योजना थिएन, तर आन्दोलन ठूलो हुँदा नियन्त्रण बाहिर जान्छ। ०६२/०६३, थारु र मधेस आन्दोलनमा पनि यस्तै भएको थियो,” मिश्रले भने। उनले सधैं शान्तिपूर्ण र नवीन समझदारीको पक्षमा रहेको उल्लेख गर्दै रिहाइ भए पनि खुसी हुने अवस्था नरहेको बताए।

मिश्रले आफूमाथिको मुद्दा अझै बाँकी रहेको र राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाको माग राखेको स्वीकार गरे। “मैले सङ्गठित अपराध वा उपद्रव गरेको छैन। यो राजनीतिक आन्दोलन हो,” उनले भने। सर्वोच्च अदालतले शुक्रबार उनलाई हाजिरीजमानीमा रिहा गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस