२०८२ असार १७ गते, मंगलवार २३:०४

काठमाडौं –

सुडानको बिजुली र यातायात क्षेत्रहरू सुडानको सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स बीचको दुई वर्षको द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित भएका छन् । आधिकारिक अनुमानअनुसार व्यापक तोडफोडका कारण बिजुली क्षेत्रले आफ्नो क्षमताको लगभग ४० प्रतिशत गुमाएको छ । सुडानी विद्युत कम्पनीले हालै खुलासा गरेको छ कि देशका १५ थर्मल पावर प्लान्टहरूमध्ये केवल दुई मात्र सञ्चालनमा छन् । जसमा राजधानी खार्तुमको एउटा सहित सात अन्य आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् ।

कम्पनीका महानिर्देशक अब्दुल्लाह अहमद मोहम्मद अलीले १ लाख  भन्दा बढी ट्रान्सफर्मरहरू नष्ट भएका छन् । जबकि कुल क्षमताको लगभग ३५ प्रतिशत र २० हजार ब्यारेल भन्दा बढी ट्रान्सफर्मर तेल हराएको छ । अप्रिलको सुरुदेखि नै उत्तरी राज्यले पूर्ण रूपमा ब्ल्याकआउट अनुभव गरिरहेको छ । खार्तुममा पावर स्टेशनहरूमा ड्रोन आक्रमणले पनि व्यापक ब्ल्याकआउट निम्त्याएको छ । उत्तरी सुडान किसान संघका सदस्य अब्दुल–कादिर अब्दुनले बिजुली अवरुद्ध हुँदा ५ लाख भन्दा बढी फेडन जमिन प्रभावित भएको छ ।

यातायात क्षेत्रमा पनि ठूलो क्षति भएको छ । अधिकारीहरूले अझै पनि कुल क्षतिको आँकलन गरिरहेका छन् । यातायातमन्त्री अबु बकर अबु अल–कासिम अब्दुल्लाले गम्भीर क्षतिले क्षेत्रका सबै भागहरू, विशेष गरी रेल्वे, रेलगाडी, यातायात मार्गहरू र खार्तुम अन्तर्राष्ट्रिय विमानस्थललाई असर गरेको छ । धेरै राज्य–जोड्ने सडकहरू अवरुद्ध भएका छन् । जसले व्यापार र यात्रालाई रोकेको छ ।

सुडानको राष्ट्रिय वायुसेवा कम्पनी, टार्को एभिएसनले लगभग १० करोड अमेरिकी डलरको अनुमानित क्षति रिपोर्ट गरेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस