२०८२ असार १७ गते, मंगलवार २२:५४

काठमाडौं, –

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले किसानलाई समयमै मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले यो माग राखेका हुन्।

सांसद केसीले नेपालमा वार्षिक झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता भए पनि समयमै मल उपलब्ध नहुँदा किसानलाई ठूलो मर्का परेको बताए। उनले मलखादको अभावले कृषि उत्पादनमा ह्रास आउने भन्दै तत्काल समाधानको आवश्यकता औंल्याए।

उनले कृषि कोल्ड स्टोरको नाममा गएको ५ अर्ब ६७ करोड रुपैयाँ अनुदानको अनुसन्धान र छानविन गरी सरकारले जवाफ दिनुपर्ने माग गरे। साथै, अहिलेको कृषि बजेट अपर्याप्त रहेको र बजेट विनियोजनमा निरन्तरता कायम गर्नुपर्नेमा जोड दिए। उनले कृषि विकासलाई राष्ट्रिय आवश्यकताको रूपमा उल्लेख गर्दै बजेट वितरणमा पक्षपात नगर्न सरकारलाई आग्रह गरे।

सांसद केसीको यो मागले किसानका समस्याप्रति संसदमा गम्भीर बहसको आवश्यकता रहेको देखाएको छ। समयमै मलखाद र पर्याप्त बजेटको व्यवस्था नभए कृषि क्षेत्रमा दीर्घकालीन असर पर्ने चेतावनी उनले दिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस