२०८२ भाद्र १ गते, आईतवार २२:५८

काठमाडौं –

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्वदेशमै सिमेन्टको खपत बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो जोड दिनुभएको हो । उहाँले नेपाल सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर भएको भन्दै अब स्वदेशमै खपत बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाललाई कनेक्टीभिटीको हिसावले उदाहरणीय देश बनाउने गरी अघि बढिरहेको बताउनु भयो ।

उहाँले चीन र भारतको विकासबाट सिकेर नेपाल अघि बढ्न जरुरी रहेको बताउनु भयो । विकासको दृष्टिले नेपाल पनि कम नरहेको भन्दै पछिल्लो १५ वर्षमा धेरै काम गरेको दाबी गर्नुभयो । सडक सम्बन्धी नीति निर्माणको काममा पनि सरकारले विशेष चासो दिएर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले समस्या पहिचान गरेरअघि बढ्दा काम गर्न सहज हुने बताउनु भयो ।

मन्त्री दाहालले अब कंक्रिट प्रविधिमा जानुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस