काठमाडौं –
गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताउनुभएको छ ।
प्रतिनिधि सभामा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने बताउनु भयो । उहाँले कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने नहुने भन्दै । तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने बताउनु भयो । हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्ने भन्दै त्यो दर्शन र आदर्श तीनकुनेमा नदेखिएको बताउनु भयो ।

गृहमन्त्री लेखकले तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित भएकाले कुनैपनि हालतमा उचित मान्न नसकिने बताउनु भयो ।