काठमाडौं –
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक बर्तौलाले संसदको तेजोबध गर्नेगरि संसद नीरश रहेको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले जनतामा निराशाको सञ्चार बढिरहेपनि सरकार भने निराशालाई आशामा परिणत गर्न लागिरहेको बताउनु भयो । उहाँले नागरिकको भरोसा टुटाउनेगरि प्रायोजित अभिव्यक्ति दिइएको आरोपसमेत लगाउनु भयो । दुई राजनीतिक दल मिलेर बनेको सरकारले काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै आपूm सत्तामा भएको भए जादुगरले जसरी काम गर्छु भनेर भ्रम फैलाइएको उहाँको भनाइ थियो ।

उहाँले जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकालेजस्तै जादुवाला नम्बर भएकाहरुबाट यस्ता अभिव्यक्ति सुनिरहेको भन्दै त्यो क्षणिक भ्रम भएको स्पष्ट पार्नुभयो ।