२०८२ असार १७ गते, मंगलवार १७:२०

काठमाडौं 

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु मिसन ०८४ को उद्देश्य लिएर हिँडेको भन्दै एकल बहुमत ल्याउने उद्देश्य लिएको बताउनु भयो । उहाँले नेकपा एमालेका लागि एकल बहुमत सम्भव रहेको बताउनु भयो । समानुपातिक प्रणालीले कसैलाई पनि एकल बहुमत ल्याउन नदिने भएपनि अब यो प्रणाली रोजिसकेपछि कायम रहने बताउनु भयो । यही प्रणालीभित्र बहुमत ल्याउनेगरी आवश्यक तयारी थाल्न निर्देशन दिनुभयो । नेकपा एमाले हजार रुपैयाँ गोजीमा हालिलिएर कुदाउन ल्याएको जमात जस्तो नभएको बताउनु भयो । अराजकता सदैव आफूहरुको शत्रु भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई एकल बहुमतको निर्णयात्मक शक्तिका रुपमा देशलाई सुशासन र न्यायको बाटोमा अघि बढाउने सन्दर्भमा जुनसुकै निर्णय गरेर अघि बढ्नसक्ने बनाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस