२०८२ श्रावण ३० गते, शुक्रबार ११:२५

काठमाडौं –

लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लखनउले शीर्ष स्थानमा रहेको गुजरातलाई ३३ रनले हराएको हो ।

लखनउले प्रस्तुत गरेको २३६ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन मात्र बनाउन सक्यो । गुजरातका लागि शाहरुख खानले सर्वाधिक ५७ रन बनाए भने शेरफान रुदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जोस बटलरले ३३ र साई सुदर्शनले २१ रन जोडे ।

यसअघि पहिला ब्याटिङ गरेको लखनउले मिचेल मार्शको शतकीय ११७ रन र निकोलस पूरनको ५६ रनको शानदार पारीको सहयोगमा २० ओभरमा २ विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।

यो जितसँगै प्लेअफको दौडबाट बाहिरिएको लखनउले १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ । यता, हारका बावजुद गुजरात १३ खेलमा १८ अंकसहित शीर्ष स्थानमा कायम छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस