२०८३ श्रावण १९ गते, मंगलवार १३:४७

आइपीएल २०२५: मुम्बई र पञ्जावबीच आज रोमाञ्चक भिडन्त

काठमाडौँ –

आज इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को ६९औँ खेलमा प्लेअफमा पुगेका दुई बलिया टोली मुम्बई इन्डियन्स र पञ्जाव किंग्सबीच जयपुरको सवाई मानसिंह स्टेडियममा प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

लिग चरणको अन्तिम खेलमा दुवै टोलीका लागि यो भिडन्त निकै महत्त्वपूर्ण छ। मुम्बई र पञ्जाव दुवै शीर्ष दुई स्थानमा रहन यो खेल जित्नैपर्ने दबाबमा छन्। यो खेल जित्ने टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लने छ, जसले प्लेअफमा बलियो दाबेदारी प्रस्तुत गर्नेछ।

हाल पञ्जाव किंग्सले १३ खेलमा १७ अंकसहित दोस्रो स्थानमा छ, भने मुम्बई इन्डियन्स १३ खेलमा १६ अंकसहित चौथो स्थानमा छ। यो सिजनमा यी दुई टोलीबीचको यो पहिलो भेट हो, जसले खेललाई थप रोमाञ्चक बनाएको छ।

जयपुरको पिच सामान्यतया स्पिनर र ब्याट्सम्यानलाई अनुकूल मानिन्छ, तर दुवै टोलीका तीव्र गतिका बलर र आक्रामक ब्याट्सम्यानले खेलको नतिजा बदल्न सक्ने अपेक्षा गरिएको छ। क्रिकेट प्रशंसकहरू यो हाई-भोल्टेज खेलको नतिजा पर्खिरहेका छन्।

प्रतिक्रिया

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

पोडकास्ट सुन्नुहोस