२०८३ आश्विन २० गते, मंगलवार ०४:२२

 वीरगन्जमा अत्यधिक गर्मीका कारण दुई दिन विद्यालय बन्द

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। मधेशका बिभिन्न जिल्लहरुमा  विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुने गरेका थिए ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • विद्यालय दुई दिनका लागि बन्द: वीरगन्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण जेठ २९ र ३० गते सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
  • स्वास्थ्यमा प्रतिकूल प्रभाव: विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुने अवस्था आएपछि स्वास्थ्य सुरक्षाका लागि यस्तो कदम चालिएको हो।
  • अभिभावकको माग र प्रतिक्रिया: अभिभावकहरूको माग र सामाजिक सञ्जालमार्फतको दबाबपछि महानगरले विद्यालय बन्द गर्ने निर्णय लिएको हो।

वीरगन्ज –

मधेस प्रदेशको वीरगन्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै जेठ २९ र ३० गते दुई दिनका लागि सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बुधबार जारी गरेको सार्वजनिक सूचनामा गर्मीका कारण यो निर्णय लिइएको उल्लेख छ। पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।मधेशका बिभिन्न जिल्लहरुमा विद्यार्थीहरू  कक्षाकोठामै बेहोस हुने गरेका थिए ।

अभिभावकहरूले सामाजिक सञ्जालमार्फत गर्मीका कारण विद्यालय बन्द गर्नुपर्ने माग गर्दै आएका थिए। यो कदमले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस