काठमाडौँ-

पूर्वराष्ट्रपति युन सुक–योलको अल्पकालीन मार्शल ल लागूको अनुसन्धान गर्ने दक्षिण कोरियाको विशेष वकिलको कार्यालयले अपदस्थ नेतालाई थप आरोपसहित मुद्दा दर्ता गरेको छ । युनको विद्रोह र अन्य आरोपहरूको अनुसन्धानको नेतृत्व गरिरहेका स्वतन्त्र वकिल चो युन–सुकले युनलाई शक्तिको दुरुपयोग, न्यायमा बाधा पु¥याउने, नक्कली आधिकारिक कागजातहरू लेख्ने, राष्ट्रपतिको अभिलेख ऐनको उल्लङ्घन गर्ने र अन्य गलत काम गरेको आरोपसहित मुद्दा दर्ता गर्नुभएको हो ।
युनलाई मार्शल ल लागू गर्न उचित प्रक्रियाहरू पालना नगरेको आरोपमा पक्राउ गरी कारागारमा राखिएको छ । जनवरीमा उनलाई पक्राउ गर्ने प्रयासहरू रोक्न राष्ट्रपतिको सुरक्षा सेवालाई आदेश दिएको र सैन्य कमाण्डरहरूलाई प्रश्ताव गरिएको सुरक्षा फोनहरूमा जानकारी मेटाउन आदेश दिएको आरोप लगाइएको थियो । जुन १८ मा अनुसन्धान शुरु गर्ने विशेष वकिल टोलीले युनलाई हिरासतमा राख्नको लागि वारेन्ट माग गरेको थियो । उनको प्रमाण नष्ट हुने डरले नौ दिनअघि जारी गरिएको थियो ।
युनलाई जनवरी १५ मा राष्ट्रपति कार्यालयबाट पक्राउ गरिएको थियो । जनवरी २६ मा विद्रोहको शंकास्पद नेताको रूपमा हिरासतमा राखिएको थियो । तर अभियोजकहरूले अदालतको रिहाइ स्वीकृति विरुद्ध अपील नगर्ने निर्णय गरेपछि उनलाई मार्च ८ मा रिहा गरिएको थियो । संवैधानिक अदालतले गत डिसेम्बरमा युनलाई उनको असफल मार्शल ल बोलीको लागि अप्रिल ४ मा महाभियोग लगाउने प्रश्तावलाई समर्थन ग¥यो । आधिकारिक रूपमा उनलाई पदबाट हटाइएको छ ।