२०८३ आश्विन २० गते, मंगलवार ०५:११

रास्वपा र राप्रपालाई काँग्रेसको चेतावनीः संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं

काठमान्डौं-

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको दुरुपयोग गरिररहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा र रास्वपाले संसदमा गरिरहेको गतिविधिप्रति आपत्ति जनाउनुभएको हो । रास्वपा र राप्रपाले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानविनको माग गर्दै दुई महिनाभन्दा बढी समयदेखि संसद बहिष्कार गर्दै आएका छन् । प्रमुख सचेतक घिमिरेले भिजिट भिसाको विषयलाई लिएर संसदको मर्यादा र गरिमा गिराउने काम भइरहेको टिप्पणी गर्नुभयो ।

अब पनि संसदमा उभिएर अरुलाई गाली गरेर आफू बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवादमा उत्रिने चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस