२०८३ आश्विन २० गते, मंगलवार ०५:१०

राष्ट्रियसभाको बैठक बस्दै :अर्थमन्त्रीले सांसदहरूले उठाउने प्रश्नको जवाफ दिने 

काठमाडौं –

राष्ट्रियसभाको बैठक आज बस्दैछ । शुक्रबार अपराह्न १ः१५ बजे बस्ने  बैठकको सुरुवात अर्थमन्त्री विष्णु पौडेलसँग सम्बन्धित मौखिक प्रश्नोत्तरबाट हुनेछ।

त्यस्तै अर्थमन्त्रीले सांसदहरूले उठाउने प्रश्नको जवाफ दिने कार्यक्रम छ।

त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछिन्।

यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव ल्याउने कार्यसूची छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ पनि दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस