२०८३ आश्विन २० गते, मंगलवार ०५:०९

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा चन्द्र कुवेर खापुङ नियुक्त

काठमाडौं —

नेपाल प्रहरीले नयाँ प्रमुख पाएको छ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुवेर खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। जेष्ठता र वरिष्ठताको आधारमा उनी प्रहरी प्रमुख बन्ने एकल दाबेदार रहेका थिए।

खापुङ यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख थिए। २०५२ साल कात्तिक २७ गते इन्स्पेक्टरमा भर्ना भएका उनी २०८२ बैशाख १६ गते एआईजीमा पदोन्नति भएका थिए। हालसम्मका करिअरमा विवादरहित उच्च प्रहरी अधिकृतका रुपमा उनी परिचित छन्।

प्रहरी सेवामा रहेर उनले विभिन्न जिम्मेवारी सम्हालेका छन्। एसपी हुँदा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन, एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय तथा डीआईजी हुँदा प्रदेश प्रहरीको नेतृत्व गरेका छन्।

नव नियुक्त आईजीपी खापुङले करिब साढे दुई महिनामात्र प्रहरीको नेतृत्व गर्नेछन्। त्यसपछि एआईजी दानबहादुर कार्की वा राजन अधिकारीमध्ये एक जनाले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ।

यसअघि, नेपाल प्रहरीका वर्तमान महानिरीक्षक दीपक थापा भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाने भएका छन्। ३० वर्षे सेवा अवधि पूरा गर्दै थापा अवकाशमा जान लागेपनि पदावधि थपका लागि विभिन्न प्रयास भए पनि सरकार अन्ततः जेष्ठता र वरिष्ठता अनुसारै नयाँ प्रमुख नियुक्त गर्ने निर्णयमा पुगेको हो।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस