२०८३ असार १० गते, बुधबार १९:४५

हामी शून्यमा पुगेका छौ : प्रधानमन्त्री कार्की

काठमाडौं-

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्पूर्ण सरकारी कार्यालयमा आगजनी गर्दा रेकर्ड, प्रमाण र फाइलहरु नष्ट भई शुन्यमा पुगेको बताएकी छिन् ।आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भौतिक भवनको क्षती भन्दा विवरणहरु जलेर नष्ट हुँदा मुलुक शुन्यमा पुगेको बताएकी हुन् ।

उनले भनिन्, ‘हाम्रो रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को ठुलो समस्या भौतिक भवनको क्षतीले त केही हुदैन रहेछ त्यो त बनाउन पनि सकिन्छ तर ती रेकर्डहरु, जमानाका फाइलहरु ती विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौ ।

’उनले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अवधी मात्र सत्तामा बसी आफ्नो काम गरी नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी सुम्पिने बताइन् ।‘जहाँसम्म मेरो टिम छ, टिमले जुन काम गरिरहेको छ हामी कुनै सत्ताको, यो पदको रसस्वाद गर्न आएका होइनौं र मेरो उमेर पनि हैन ।

६ महिना अवधी मात्र बस्ने त्यो भन्दा बढी नबस्ने गरी आफ्नो काम कारर्वाही गरेर जिम्मेवारी मुक्त हुने र नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी दायित्व सुम्पिने हामीले अठोट गरेका छौ,’ उनले भनिन्, ‘जुन परिस्थितीमा म आए कुनै रहरले म आएको हैन । सडकबाट, जताततैबाट सुशीला कार्कीलाई जिम्मा देउ भनेर आवाज उठ्यो ।’

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस