२०८३ आश्विन २० गते, मंगलवार ०४:२२

चीन–अमेरिका बीच टिकटक विवाद समाधान गर्ने प्रारम्भिक सहमति

काठमाडौं-

चीन र अमेरिकाबीच टिकटकसम्बन्धी विवाद समाधानका लागि सहकार्यमार्फत अघि बढ्ने प्रारम्भिक रूपरेखामा सहमति भएको छ ।
चीनका वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि तथा उपमन्त्री ली चेंगगाङले यस्तो जानकारी दिएका हुन् ।

स्पेनको म्याड्रिडमा सम्पन्न चीन–अमेरिका आर्थिक तथा व्यापारिक वार्ताका क्रममा दुई पक्षबीच टिकटकसहित अन्य विषयमा खुला एवम गहिरो छलफल भएको र त्यस क्रममा लगानी अवरोध घटाउने तथा पारस्परिक व्यापार–आर्थिक सहयोग प्रवद्र्धन गर्ने सहमति समेत भएको बताइएको छ ।

यसबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन–अमेरिका सम्बन्धको विकासमा राष्ट्रप्रमुख तहको कूटनीतिले रणनीतिक मार्गनिर्देशन दिने अपरिहार्य भूमिका खेल्छ ।’

उनले टिकटकसम्बन्धी विशिष्ट जानकारी भने सम्बद्ध निकायले सार्वजनिक गरिसकेको भन्दै थप विवरण नदिने बताए । विश्लेषकहरूले यो सहमतिको प्रारम्भिक रूपरेखालाई दुई मुलुकबीच हाल बिग्रँदै गएको सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरेका छन् ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस