२०८३ आश्विन २० गते, मंगलवार ०३:३४

हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध हुन सक्ने सम्भावना

काठमाडौं-

जल तथा मौसम विज्ञान विभागले समुद्री क्षेत्रबाट उत्पन्न मौसमी वायु प्रणाली नेपाल प्रवेश गरेको सूचनाअनुसार, विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा थप वर्षा, बाढी, पहिरो, चट्याङ, हुरी बतास र डुवानको जोखिम बढेको जनाएको छ ।

यसको मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले विद्युतीय संरचनाहरूमा सम्भावित क्षति रोक्नका लागि सबै कर्मचारी तयारी अवस्थामा रहेको र विद्युत सेवा अवरुद्ध भएमा यथासक्य छिटो मर्मत गरेर सेवा पुनःसञ्चालन गर्न प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।

प्राधिकरणले उपभोक्ताहरूलाई प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमै बस्न, आकस्मिक अवस्थाबाहेक आवत जावत नगर्न, विद्युतीय उपकरणहरूको सावधानीपूर्वक प्रयोग गर्न र आधिकारिक सूचना मात्र अनुसरण गर्न आग्रह गरेको छ ।

साथै, विद्युत सेवा अवरुद्ध वा संरचनामा क्षति पुगेमा तत्काल सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा सम्पर्क गर्न र प्राधिकरणको हटलाइन नम्बर ११५० वा स्थानीय नो–लाईट नम्बरमा जानकारी दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस