२०८३ आश्विन २० गते, मंगलवार ०५:०९

रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं-

नेपाली बजारमा सुनको मूल्यले रेकडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हाल सम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य अस्वभाविक रुपले बढीरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने तीन हजार २५ रुपैयाँ तोला पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हाल सम्मकै उच्च हो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस