२०८३ आश्विन २० गते, मंगलवार ०४:२२

राष्ट्रिय परिचयपत्र वितरणका लागि अब शनिबार पनि सेवा दिने जिल्ला प्रशासन कार्यालय पर्सा

पर्सा।
जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र वितरण सेवामा सुधार गर्दै अब शनिबार पनि बिहान ७ः३० बजेदेखि सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार कार्यालयले जारी गरेको सूचनामा शनिबारको सार्वजनिक बिदामा पनि सेवा सञ्चालन गरिने उल्लेख छ।

नेपाल सरकारले सम्पूर्ण सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीको भीड अत्यधिक बढेको छ। हाल दैनिक ३५० देखि ४०० जनासम्मलाई टोकन प्रणालीमार्फत विवरण प्रविष्ट गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ।

तर, सेवाग्राहीको चाप धेरै भएपछि हाल २०८२ कार्तिक २८ गतेसम्मको टोकन वितरण भइसकेको छ। भीड व्यवस्थापनका लागि कार्यालयले सेवा समय विस्तार गर्दै अब आइतबारदेखि दैनिक बिहान ७ः३० बजेदेखि अपरान्ह ५ बजेसम्म सेवा सञ्चालन गर्ने भएको हो।

यसअघि पालिका अनुसार तोकिएको बार प्रणालीलाई खारेज गरी निरन्तर टोकन प्रणाली लागू गरिएको छ। वीरगन्ज महानगरपालिकाका लागि छुट्याइएको बिहीबार र शुक्रबारको तालिका पनि अब लागू नहुने कार्यालयले स्पष्ट पारेको छ।

सेवाग्राहीलाई सहज बनाउन र कार्य दक्षता बढाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग थप डेस्क र कर्मचारीको माग गरिएको छ। विभागले २ देखि ३ वटा थप डेस्क उपलब्ध गराउने आश्वासन दिएको र त्यसपछि दैनिक ५०० जनासम्मको विवरण प्रविष्ट गर्न सकिने अपेक्षा गरिएको छ।

त्यस्तै, राहदानी बनाउनुपर्ने, बैंक खाता खोल्नुपर्ने, वा अन्य अत्यावश्यक कारणले तुरुन्तै परिचयपत्र चाहिने सेवाग्राहीका लागि विशेष प्राथमिकता व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस