२०८३ आश्विन २० गते, मंगलवार ०३:३४

धनुषा दुर्घटनामा दुःखद घटना: एउटै परिवार उजाडियो

धनुषा –

धनुषा जिल्लामा शनिबार साँझ भएको भीषण सवारी दुर्घटनामा एकै परिवारका तीनजनासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेहरूमा गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका ३५ वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय नीषा मगर र अटोरिक्सा चालक ४० वर्षीय डम्बर राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका १४ वर्षीय शीतल पुर्वछाने मगर र ९ वर्षीय रोशन पुर्वछाने मगरलाई उपचारका लागि जनकपुरधामस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट धनगढी जाँदै गरेको सुप–०१–००१–ख–३२८८ नम्बरको यात्रुबसले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश २–०१–००१–ह–१२३० नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटना गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजारस्थित पूर्व–पश्चिम राजमार्गमा भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस